काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस प्रतिवेदनमा नेपालमा दूरसञ्चार सेवा प्रदायकका प्रयोगकर्ताको बारेमा उल्लेख गरेको छ । वैशाख महिनाको सार्वजनिक गरेको प्रतिवेदनमा ग्राहक संख्याका आधारमा उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकमा वर्ल्डलिंक, नेपाल टेलिकम, सुबिसु, क्लासिक टेक, भायानेट, डिशहोम, टेक माइन्ड्स, वेब सर्फर, ब्रोडलिंक र सिम्पल मिडिया रहेका छन् ।

यी हुन् २०७८ वैशाखसम्म ग्राहक संख्याका आधारमा उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायक कम्पनी

१. वर्ल्डलिंक : वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक हो । वैशाखसम्म वर्ल्डलिंकका ६ लाख ३० हजार २९६ जना ग्राहक छन् ।

२. नेपाल टेलिकम : वैशाखको एमआईएस प्रतिवेदन अनुसार ग्राहक संख्याका आधारमा दोस्रो नम्बरमा पर्न सफल भएको छ, नेपाल टेलिकम । वैशाखसम्म टेलिकमका २ लाख ९८ हजार ३७४ ग्राहक रहेका छन् ।

३. सुबिसु : प्रतिवेदन अनुसार धेरै ग्राहक हुने इन्टरनेट सेवा प्रदायकको सूचीमा छ, सुबिसु केबलनेट । वैशाखसम्म सुबिसुका २ लाख २८ हजार ७९५ ग्राहक रहेका छन् ।

४. क्लासिक टेक : प्रतिवेदन अनुसार यस सूचीको चौथो नम्बरमा रहेको छ, क्लासिक टेक । वैशाखसम्म क्लासिक टेकका २ लाख २१ हजार १७ रहेका छन् ।

५. भायानेट : प्रतिवेदन अनुसार वैशाखसम्म भायानेटका २ लाख २० हजार २७० ग्राहक रहेका छन् । चैतमा १ लाख ६२ हजार ग्राहक भएको भायानेटले एक महिनामा ५८ हजार ग्राहक बढाएको छ ।

६. डिशहोम : सन् २०२० इन्टरनेट बजारमा प्रवेश गरेको डिशहोमले आक्रामक रूपमा सेवा विस्तार गरिरहेको छ । वैशाखसम्म डिशहोम फाइबरनेटका १ लाख ६ हजार ३७५ ग्राहक रहेका छन् ।

७. टेक माइन्ड्स : ग्राहक संख्याको आधारमा उत्कृष्ट ७ इन्टरनेट सेवा प्रदायकमा टेक माइन्ड्स नेटवर्क प्रालि पर्न सफल भएको छ । वैशाखसम्म टेक माइन्ड्सका ८९ हजार ११ ग्राहक रहेका छन् ।

८. वेब सर्फर : यस सूचीको आठौं नम्बरमा पर्न सफल भएको छ, वेब सर्फर नेपाल कम्युनिकेसन प्रालि । वैशाखसम्म वेब सर्फरका ग्राहक ६३ हजार ३६९ ग्राहक रहेका छन् ।

९. ब्रोडलिंक : प्रतिवेदन अनुसार ग्राहक संख्याको आधारमा ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन प्रालि ९ नम्बरमा पर्न सफल भएको छ । वैशाखसम्म ब्रोडलिंकका ५२ हजार ३११ रहेका छन् ।

१०. सिम्पल मिडिया : यस सूचीको १० नम्बरमा पर्न सफल भएको छ, सिम्पल मिडिया नेटवर्क केबल प्रालि । वैशाखसम्म २६ हजार ८३३ ग्राहक रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!