
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए ।
आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएका खड्का घरमै आराम गरिरहेका छन् । खड्काले २१ गते देखि आफ्नो सम्पर्कमा आएका सबैलाई स्वास्थ्य मापदण्ड पालना सहित सतर्कताको लागि अनुरोध गरेको स्वकीय सचिव गौतम विसीले जानकारी दिए ।