
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७ रुपैयाँ ०८ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२८ रुपैयाँ ७९ पैसा र बिक्री दर १२९ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२ रुपैयाँ ६९ पैसा र बिक्री दर १५३ रुपैयाँ ४२ पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ५७ पैसा र बिक्री दर १३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४० पैसा र बिक्री दर ८७ रुपैयाँ ८१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ २७ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३७ पैसा र बिक्री दर ९ रुपैयाँ ४१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७० पैसा र बिक्री दर १८ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ६६ पैसा र बिक्री दर ३३ रुपैयाँ ८२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ५० पैसा र बिक्री दर ३४ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५२ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ८५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।
यस्तो छ आजको विनिमय दर