
काठमाडौं । सरकारले मंसिर ४ गते आम निर्वाचन गर्ने निर्णय गरेसँगै विभिन्न राजनीतिक दलका नेताहरूले आफू कुन क्षेत्रमा चुनाव लड्ने हो भन्ने तयारी गर्न थालेका छन्। सत्तारूढ गठबन्धनका रूपमा रहेका पाँच दलले चुनावी तालमेल गर्ने निर्णय गरेकाले कुन क्षेत्रमा कुन पार्टीका नेताले टिकट पाउँछन् भन्ने टुंगिन बाँकी छ।
नेकपा(एकीकृत समाजवादी) की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाक्रीले पनि यसपालि प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी गरेकी छन्। २०७४ को चुनावमा नेकपा (एमाले) बाट समानुपातिक सांसद बनेकी झाक्री गुल्मीकी हुन्। यसपालिको चुनावमा भने उनले काठमाडौं-२ बाट उठ्ने विकल्प पनि खुला राखेकी छन्।