काठमाडौँ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन् । भारतीय टोलीका पूर्वअलराउन्डरसमेत रहेका ५९ वर्षीय प्रभाकरलाई नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका थिए । यसअघि उनी अफगानिस्तान क्रिकेट टिममा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै उनी रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेश टिमको पनि प्रशिक्षक थिए ।

यसअघि नेपालका पुबुदु दासानायकले बीचमै छोडेपछि मुख्य प्रशिक्षक पद रिक्त रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!