काठमाडौं । भोलि बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसूची सार्वजनिक भएको छ । मंगलबार बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकको पाँच बुँदे कार्यसूची सार्वजनिक भएको हो ।

बैठकमा राष्ट्रपति कार्यालयबाट आएको मन्त्रिपरिषद् गठनसम्बन्धि पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने लगायतका कार्यसूची राखिएको छ ।

त्यस्तै, कार्यसूचीमा प्रतिनिधि सभा नियमावली २०७५ को नियम १ सय ७२ बमोजिम गठित विभिन्न समितिहरुको हेरफेरलाई दोस्रो तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोईराला) ले बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि बाधा अड्काउ फुकाउ आदेश संसदमा पेश गर्ने विषय तेस्रो स्थानमा राखिएको छ ।

त्यसैगरी सांसद विन्दा पाण्डेको ध्यानाकर्षण पत्रमाथि छलफल हुने बताइएको कार्यसूचीको अन्त्यमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव सांसद अमृता थापाले पेश गर्ने र सो प्रस्तावमा सांसद लक्ष्मी परियार सहित ११ जना सांसदले समर्थन गर्ने संसद सचिवालयले बताएको छ ।

यस्ता छन् मंगलबार बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूची

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!