काठमाडौं । हेलिकप्टर चार्टर्डमा वायुसेवा कम्पनीले मनपरी भाडा लिन थालेसँगै हेलिकप्टरको चार्टर्ड भाडादर सार्वजनिक हुन थालेको छ ।

विगतमा पर्यटकीय गन्तब्यमा ‘फेक रेस्क्यू’ बढी हुने गरेको गुनासोपछि वायुसेवा सेवा सञ्चालक संघले चार्टर्ड भाडादर नै निर्धारण गरी सार्वजनिक गर्न थालेको संघका सचिव राजु न्यौपानेले जानकारी दिए ।

पछिल्लो समय १ जुन २०२२ बाट लागू हुने गरी हेलिकप्टरको नयाँ चार्टर्ड भाडादर निर्धारण भएको हो । संघका अनुसार काठमाडौं–चन्द्रगढी–काठमाडौं पुग्न ५ लाख भाडा तोकिएको छ भने काठमाडौंबाट धनगढी पुगेर पुनः काठमाडौं आउन ८ लाख २५ हजार रुपैयाँ भाडादर तोकिएको छ ।

यस्तो भाडा कम्पनीहरुले ल्याउने विभिन्न प्याकेजहरुको सन्दर्भमा भने लागु हुँदैन । किनकी त्यस्तो प्याकेजमा कम्पनीहरुले प्रतिव्यक्ति भाडा लिएर सेवा दिने गर्छन् ।

यस्तो छ भाडादर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!