काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल हेरफेर गर्ने भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल हेरफेर गर्ने तयारी थालेका हुन्।

सरकारमा सहभागी हुनेबारेमा देउवासँग लोसपाका नेताहरुले आइतावार बालुवाटारमा छलफल गरेका थिए। लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण लगायतले देउवालाई भेटेका थिए।

कर्णले सरकारमा सहाभागी हुने तयारी भएको जानकारी दिए। तर,निर्णय भइनसकेको कर्णको भनाइ छ। ‘फाइनल भएको छैन। छलफल मात्रै हो,’उनले भने।

प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति तोक्नु अघिदेखि नै लोसपाका नेताहरुसँग देउवाले छलफल गर्दै आएका थिए। देउवा नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पछिल्लोपटक आफ्ना तर्फबाट सरकारमा सहभागी मन्त्री फेरबदल गरेका थिए। चुनावको मिति तोकेको सरकारले फेरि मन्त्रिपरिषद बिस्तारको तयारी गरेको हो।

लोसपाका तर्फबाट नेता अनिल झा र शरतसिंह भण्डारी सरकारमा सहभागी हुने तयारी भएको हो। हाल पाँच दलीय सत्ता गठबन्धन रहेकोमा लोसपा थपिए ६ दलीय हुनेछ। सरकार कामचलाउ भइसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महत्वपूर्ण निर्णय गर्न नपाउने भन्दै सरकारको आलोचना गर्दै आएको छ।

संविधान अनुसार २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्न मिल्ने व्यस्था छ। देउवा नेतृत्वको मन्त्रिपरिषद हाल २४ सदस्यीय छ। नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले रक्षा मन्त्रीबाट राजीनामा दिएपछि हाल रक्षा मन्त्रालयको जिम्मेवारी देउवा आफैले सम्हालिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!