काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) पाँच दलीय सत्ता गठबन्धनमा समावेश गराउने विषयले प्रवेश पाएको छ । सोमबार बसेको सत्ता गठबन्धनको कार्यदल बैठकमा नेसपालाई पनि समेट्नुपर्ने प्रस्ताव आएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदल बैठकमा माओवादीबाट कार्यदलको सदस्य रहेका वर्षमान पुनले नेसपालाई पनि गठबन्धनमा सामेल गराउनुपर्ने मत राखेको एक नेताले जानकारी दिए । यस्तै बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई गठबन्धनमा सहभागिता गराउनेबारे कुरा राखेका थिए । त्यसपछि पुनले नेसपाबारे चासो राख्दै बैठकमा कुरा राखेका थिए ।

जसपामा हुँदा अध्यक्ष उपेन्द्र यादव र भट्टराई नै प्रायः गठबन्धनको बैठकमा सहभागी हुने गरेका थिए । गठबन्धनले बनाएको कार्यदलमा पनि नेसपाको प्रतिनिधित्व नभएपछि भट्टराई गठबन्धन बाहिर हुन पुगेको अवस्था छ । बाबुरामलाई गठबन्धनले नभइ जसपाले निकालेको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले बताए ।

‘हामीले गठबन्धनबाट बाबुरामजीलाई निकालेको होइन । हिँड्दै जाँदा छुट्नुभयो । तत्कालीन गठबन्धनमा भएको उहाँको पार्टी फुट्यो । उहाँसँगै कसरी जाने भन्ने विषयमा छलफल चलेको छ,’ पौडेलले रातोपाटीसँगको अन्तवार्तामा भनेका छन्, ‘उहाँ पहिला जुन पार्टीमा हुनुहुन्थ्यो त्यहाँबाट उहाँलाई निकालेको हो, गठबन्धनबाट निकालेको होइन ।’ तर बाबुराम गठबन्धनमा आउने कुरा भइरहेको पौडेलको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!