काठमाडौं । पार्टी गठन भएको १६ महिनामा माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० ले संसदीय चुनावको सामना गर्दैछ। मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावबाट राष्ट्रिय पार्टी बन्ने एकीकृत समाजवादीको लक्ष्य छ। यो लक्ष्य चुनौतीपूर्ण रहेको भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले समानुपातिकतर्फ मत बढाउने गरी केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिइरहेका छन्।

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा एकीकृत समाजवादीको लोकप्रिय मत ३।६६ प्रतिशत छ। वडाध्यक्षमा खसेको सदर मत १ करोड १५ लाख ४ हजार ३८ मतमध्ये एकीकृत समाजवादीका उम्मेदवारले ४ लाख २२ हजार ७ सय ३७ मत पाएका छन्।

एकीकृत समाजवादीले देशभरि २ हजार ४१ वडामा उम्मेदवारी दिएको थियो। तीमध्ये १ सय ९० वडामा उसका उम्मेदवारले अध्यक्ष जितेका छन्। एकीकृत समाजवादीले सबैभन्दा धेरै मत मधेस प्रदेशमा पाएको छ। मधेसमा ७ सय ९ वडाध्यक्षमा उम्मेदवारी दिँदा ८० वडाध्यक्ष समाजवादीबाट विजयी भएका छन्। मधेसमा समाजवादीका वडाध्यक्ष उम्मेदवारले १ लाख ५८ हजार १ सय १ मत ल्याएका छन्।

एकीकृत समाजवादीकी सचिव झाँक्री आफ्नो पार्टीको मात्रै मत तीन लाख रहेको दाबी गर्छिन्। ‘स्थानीय तहमा हामीले अरूबाट पनि मत पाएका छौं। हाम्रो मात्रै मत तीन लाख हो,’ उनले भनिन्।

भरतपुर महानगरपालिकामा एकीकृत समाजवादीले २९ मध्ये ६ वटामा उम्मेदवारी दिएको थियो। ती मध्ये चार वटामा तालमेल हुँदा तीन वटा जितेको थियो। अन्यमा समाजवादीले अरूलाई सहयोग गरेको थियो। पोखरा महानगरपालिकामा तीन वडा र हेटौंडा उपमहानगरपालिकामा एउटा वडामा उम्मेदवारी दिएर अन्य दललाई सहयोग गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!