काठमडौं । नेपाली कांग्रेसका कांग्रेस महामन्त्री गगन कुमार थापाले डा. शेखर कोइराला र शेरबहादुर देउवाको समर्थनमा प्रधानमन्त्री बन्ने आफ्नो चाहना रहेको बताएका छन् । प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता थापाले सो कुरा बताएका हुन् ।

थापाले २०५६ को आम निर्वाचनमा जस्तै भावी प्रधानमन्त्री घोषणा गर्ने अभ्यास दोहोर्याउने पक्षमा रहेको बताए । उनले भने, “म अहिले ४६ वर्षको भएँ । केन्द्रीय सदस्यदेखि महामन्त्रीसम्म लडेरै निर्वाचित आएको हुँ । मैले प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्न नसक्ने करै भएन । शेरबहादुर देउवा पनि हिजो गिरिजाप्रसाद कोइरालालाई हाँक दिएर आउनुभएको होइन र ? म २०५६ को आम निर्वाचनमा जस्तै भावी प्रधानमन्त्री घोषणा गर्ने अभ्यास दोहोर्याउने पक्षमा छु ।”

यस्तै पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई ६० प्रतिशतको सभापतिका रुपमा देखाउन नहुने पनि महामन्त्री थापाले औंल्याए । उनले भने, “हामीले वडा तहदेखि केन्द्रसम्म समूह बनाएर चुनाव लड्यौं । तर सभापतिको कलमबाट हस्ताक्षर गर्दा ६०, ४० को हेर्नुहुन्न । ६०, ४० को भागबन्डा गर्नु पनि गलत हुन्छ । कसैले दिने र थाप्ने भन्दा पनि सँगै बसेर निर्णय गर्ने हो । पार्टीभित्र मलाई जानी जानी अन्याय भएको छ भन्ने अवस्था आउन दिनुहुन्न । इतर समूहलाई पनि समेटेर नगए भने तालमेलको निर्णय कार्यान्वयन चुनौतीपूर्ण हुन्छ । म त अझ पार्टीको सोपान चढ्दै आएका साथीहरु मात्र नभएर विभिन्न क्षेत्रमा रहेका साथीहरुलाई पनि मौका दिनुपर्छ भन्ने पक्षमा छु ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!