
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार छापावाला सुनको मूल्य ९७ हजार १ सय रुपैयाँ कायम भएको छ।
मंगलबार ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर प्रति कित्ता ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
यता, चाँदी प्रति तोला १ हजार २३० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।