
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दुई उपसभापति अनुपस्थित भएपछि महामन्त्री गगन थापाको अध्यक्षतामा कांग्रेस पदाधिकारीको बैठक बसेको छ । बुधबार बसेको बैठकमा पार्टी सभापति देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ हुँदा थापाको अध्यक्षतामा बैठक शुरु भएको हो ।
कार्यव्यस्तताका कारणले सभापति देउवा बैठकमा उपस्थित हुन नसक्नुभएको बताइएको छ । त्यस्तै उपसभापति खड्का कोरोना संक्रमणका कारण आइसोलेसनमा हुनुहुन्छ भने अर्का उपसभापति गुरुङ अहिले अष्ट्रेलिया भ्रमणमा हुनुहुन्छ । महामन्त्री बनेपछि पहिलोपटक थापाले पदाधिकारी बैठकको अध्यक्षता गरेका हुन् । ।
आजको बैठक स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि यही साउन ३० र ३१ गते गर्ने तय भएको अभिमुखीकरण कार्यक्रमको तयारीका लागि भएको बताइएको छ ।