
काठमाडौं । धेरै मानिसहरु बिहानै खालि पेटमा कुन खाना खान हुने वा नहुने भन्नेमा अल्मलिएका पाइन्छन् । कतिपय अवस्थामा गलत खानेकुराको सेवनले शरीरलाई स्वस्थ बनाउनु भन्दा खराब बनाउँदै लाने खतरा रहन्छ ।
खाना हाम्रो स्वास्थ्यको लागि कति महत्त्वपूर्ण छ भन्ने कुरा हामी सबैलाई थाहा छ। सबै खाने कुराहरुको खाने समय हुन्छ । स्वास्थ्य विशेषज्ञहरूले केही चीजहरू विशेष गरी खाली पेटमा नखानका लागि सुझाउँछन् ।
हामी तपाईलाई केहि यस्ता चीजहरूका बारेमा बताउँदैछौं जुन तपाईले बिहान खाली पेटमा खान हुने र नहुने का बारेमा बताउँछौं ।
यस्ता छन् खाली पेटमा खान मिल्ने चिजहरु
अण्डा– अण्डा प्रोटिनको प्रचुर स्रोत हो । अण्डामा भिटामिन ए, डी, बी–१२, रिबाफ्लेविन, फस्फोरस, फोलेटलगायत तत्वहरु पाइन्छ । यी तत्वले शरीरलाई दाह्रो राख्ने, दिमाग तेजिलो बनाउन र आँखाको ज्योति बढाउने काम गर्दछ । बिहानको खाजामाअण्डा खाँदा दिनभर पेट भरिएको महसुस हुन्छ र तपाईलाई धेरै उर्जा पनि मिल्छ ।
मेवा – मेवा उत्कृष्ट सुपर फूड हो। हरेक सिजनमा पाइने मेवालाई बिहानको खाजामा खान सक्नुहुनेछ । यसले तपाईंको कोलेस्ट्रोल कम गर्नुका साथै हृदय रोगबढ्नबाट रोक्छ।
भिजेको बादाम– बिहान उठ्ने बित्तिकै खाली पेटमा ४ वटा भिजाएको बदाम खानुपर्छ । जसका कारण हामीले धेरै स्वास्थ्य लाभहरू पाउँछौं। फाइबर, ओमेगा–३ र ओमेगा–६ एसिडले भरपूर बदामलाई रातभर भिजाएर बिहान खाली पेटमा खानुपर्छ । यो कुरा पनि ध्यानमा दिनुहोस् कि बदामको बोक्रा निकालेपछि मात्र यसको सेवन गर्नुहोस्।
ओट्स– यदि तपाईं कम क्यालोरी र उच्च पोषणयुक्त खानेकुरा खान चाहनुहुन्छ भने ओटमिल उत्तम ब्रेकफास्ट हो। यसले तौल नियन्त्रणमा पनि मद्दत गर्छ ।
स्याउ– खाली पेटमा एउटा स्याउ खानु उपयुक्त हुने चिकित्सकहरु बताउँछन् । बिहानको समय एउटा स्याउको सेवनले शरीरलाई आवश्यक उर्जा प्रदान गर्ने बताउँछन् । स्याउबाट शरीरले भिटामिन सी, एन्टीअक्सीडेण्ट र फ्लेवोनाइड पदार्थ पाउने भएकोले यसको सेवन गर्न चिकित्सकहरुले पनि सुझाव दिने गर्दछन् ।