काठमाडौ । राप्रपा केन्द्रीय सदस्य तथा अभिनेत्री रेखा थापा बालकोट पुगेकी छन् । थापा बुधबार नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी हुन् ।

अध्यक्ष ओलीलाई भेट्न थापा सहित राप्रपा महामन्त्री कुन्ती शाहीले ओलीसँग भेट गरेकी हुन् । रेखाले समसामयिक राजनीति र चुनावबारे ओलीसँग छलफल भएको जनाएकी छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावनाको पृष्ठभूमिमा ओलीसँग रेखा र कुन्तीले भेट गरेकाले यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!