काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमूखिकरण एवं प्रशिक्षण दिने भएको छ ।

कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका प्रमुख(उपप्रमुखदेखि जिसस प्रमुख(उपप्रमुखलाई काठमाडौंमा सोमबार र मंगलबार प्रशिक्षण दिइन लागेको हो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नेछन् । आज बिहान ११ बजे ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा कार्यक्रम उद्घाटन गर्ने तय भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अभिमुखीकरणमा कांग्रेसबाट निर्वाचित नगरपालिकाका प्रमुख १४१ र उपप्रमुख ११०, गाउँपालिकाका अध्यक्ष १८८ र उपाध्यक्ष १९० तथा जिल्ला समन्वय समितिका प्रमुख ३४ र उपप्रमुख २३ जना सहभागी हुने जनाइएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको पनि उपस्थिति रहनेछ ।

अभिमुखीकरणका लागि आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जनप्रतिनिधिको नाम दर्ता गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!