काठमाडौं । आजभोलीका धेरै महिला कामकाजी हुन्छन्। जसले गर्दा उनीहरुलाई घरधन्दा भ्याएर बाहिरको काममा निस्कनुपर्ने बाध्यता छ। व्यस्त महिलाहरुले छोटो समयमा पनि राम्रो मेकअप गर्न सक्छन्। छिटो र गुणस्तरीय मेकअपका ब्युटिसियन मञ्जु कार्की पाण्डेका केही टिप्स :

–वेट टिस्युले आफ्नो अनुहार मज्जाले पुछ्नुहोस्।

–छालाको प्रकृतिअनुसार मोश्चराइजर लगाउने।

–सनब्लक लगाएपछि आफ्नो अनुहारको दागधब्बा छोप्न कन्सिलर र स्किन अनुसारको फाउन्डेसन लगाउने।

–‘आँखाको मेकअप गर्दा अनुहार र पहिरन सुहाउँदो आइस्याडो लगाउने। तसपछि वाटरप्रुफ आइलाइनर, मस्करा र गाजल लगाउने।​

–वाटरप्रुफ सौन्दर्य प्रशाधन प्रयोग गर्दा गर्मीको समयमा अनुहारमा आएको पसिनाले गाजल बगाउने र अनुहार बिगार्ने सम्भावना रहँदैन।

–आइब्रोमा ब्राउन कलरलाई ब्राउज कलरले सेप बनाएर क्रमश फैलाउँदै लैजाने। र, नयाँ आकारको सेप दिने।

–ओठको सेप मिलाएर ब्रसद्वारा लिपिस्टिक अथवा ग्लस लगाउने।

–अन्तमा ब्लसर लगाएर मेकअप फिक्सरले पुरा अनुहारको मेकअप फिक्स गर्ने

यो मेकअपका लागि जम्मा १० देखि १५ मिनेटको समय लाग्ने छ। र, यो मेकअप दिनभरि टिक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!