काठमाडौं । धरानका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । धरानको खानेपानी समस्या समाधानका लागि संघीय सरकारसँग छलफल गर्न काठमाडौं आएका मेयर साम्पाङले मंगलवार माओवादी अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटारमा भेट गरेका हुन् ।

मेयर साम्पाङ र प्रचण्डबीच धरानका उपमेयर आईन्द्रविक्रम बेघाको संयोजनमा भेट भएको बताइएको छ । बेघा नेकपा माओवादी केन्द्रबाट उपमेयरमा निर्वाचित भएका थिए । भेटमा समसामयिक राजनीतिका साथै विकासका विभिन्न पक्षका बारेमा कुराकानी भएको बताइएको छ ।

प्रचण्डले दुई युवाहरू सफल हुनुपर्ने बताएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। ‘तपाईंहरू दुबै युवा हुनुहुन्छ। एउटा राईको छोरा, अर्को लिम्बुको छोरा हुनुहुन्छ। जातीय मनोविज्ञान पनि मिलेको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै मल्लले भने,’तपाईंहरू सफल हुँदा धरानवासी र पूर्वका जनताले सुख पाउँछन्। धरान पुर्वको एउटा केन्द्र पनि हो। तपाईंहरूलाई सफल बनाउन हाम्रो साथ रहन्छ।’

यसअघि पनि आफूले साम्पाङकलाई लोकतन्त्रको फूलबारीमा फूलेको सुन्दर फूल भनेको स्मरण गर्दै प्रचण्डले साम्पाङको प्रशंसा गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!