काठमाडौं । बामदेव गौतम सुर्य चिन्ह लिएर चुनावमा जाँदा हारिने भएकाले गोलाकारभित्रको हँसिया हथौडा लिन लागेको बताएका छन् । आज निर्वाचन आयोग पुगेका गौतमले सञ्चारकर्मीको प्रश्नमा गठबन्धन नै चुनाव जित्ने आधार भएकाले गोलाकारभित्रको हँसिया हथौडा लिन लागेको बताएका हुन् ।

गौतमले भने,‘म अहिले सूर्य चिन्ह लिएर गएँ भने हार्छु । जित्नका लागि म यसमा आएको छु ।’ उनले गठबन्धन नै चुनाव जित्ने आधार भएको दाबी गरे । गठबन्धन इमान्दारिताका साथ भएमा अरुले जित्ने ठाउँ नभएको बताए ।

चुनावपछि प्रधानमन्त्री को हुने भन्दा बामदेव बिच्किए । उनले २०७४ को चुनावमा प्रधानमन्त्रीको दाबी गरेपछि पराजित भएको विषय उठाउँदै आएका छन् । आफू र प्रचण्डबीच माओवादी केन्द्रको चुनाव चिन्ह लिएर जाने सहमति भएपनि स्वतन्त्रको हैसियतमा रहने बताए । त्यसैबारे बुझ्न आयोग पुगेको उनको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!