काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिलो पटक स्थायी कमिटी सदस्यमा ११ जना महिलालाई प्रवेश दिइएको छ । ती स्थायी कमिटी सदस्यमा ओनसरी घर्ती, जयपुरी घर्ती, शशी श्रेष्ठ, पूर्णाकुमारी सुवेदी, अञ्जना विशंखे, यशोदा सुवेदी, अमृता थापा, कमला रोका, रेखा शर्मा, सीता पोखरेल र उर्मिला अर्याल रहेको खुमलटार स्रोतले जनाएको छ । उनीहरु सबैलाई पहिलो पटक स्थायी कमिटी सदस्यमा माओवादी नेतृत्वले प्रवेश दिएको हो।

यस्तै स्थायी कमिटीमा यसअघि नै सो भूमिकामा रहिसकेका प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, गणेश शाह, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, मातृका यादव, लीलामणि पोखरेल, हितराज पाण्डे रहेका छन् ।

यस्तै डिलाराम आचार्य, महेश्वरराज जंग गहतराज, हकिकुल्लाह खाँ, श्रीराम ढकाल, जोख बहादुर महरा र प्रह्लाद बुढाथोकी, राम कार्की, हितमान शाक्य, कालीबहादुर मल्ल, खगराज भट्ट, परशुराम तामाङ, रामेश्वर राय यादव, गणेशमान पुन, नारायण दाहाल, विश्वनाथ साह र कुल प्रसाद केसी पनि स्थायी कमिटीमा रहेका छन् ।

स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलका अनुसार अब माओवादी केन्द्रको स्थायी समिति ४३ जनाको हुनेछ । त्यसैगरी पोलिटब्युरोमा १२५ जना सदस्य रहनेछन् भने २६ जना वैकल्पिक पोलिटब्युरो सदस्य रहने भएका छन् ।

माओवादी केन्द्रले ३४१ जना केन्द्रीय समिति सदस्य रहने टुंगो लगाएको पोखरेलले बताए । केन्द्रीय कमिटीमा खाली रहेका ६ जनाको नाम पनि बुधवारको बैठकबाट टुंगो लागेको उनले बताए ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (बिहीवार)बस्ने स्थायी कमिटी बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने बताएका छन् । ‘पदाधिकारी चयनको नीतिगत विषयमा आज पनि छलफल भएको छ । भोलि बस्ने बैठकमा अध्यक्षले पदाधिकारीको नाम प्रस्ताव गर्नुहुन्छ,’ पोखरेलले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!