
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १८ पैसा र बिक्री दर १२७ रुपैयाँ ७८ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२९ रुपैयाँ ३३ पैसा र बिक्री दर १२९ रुपैयाँ ९४ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ ४६ पैसा र बिक्री दर १५४ रुपैयाँ १८ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३३ रुपैयाँ ४२ पैसा र बिक्री दर १३४ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ४८ पैसा र बिक्री दर ८८ रुपैयाँ ९० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ १२ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४१ पैसा र बिक्री दर ९ रुपैयाँ ४५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७३ पैसा र बिक्री दर १८ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८७ पैसा र बिक्री दर ३४ रुपैयाँ ०३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ७८ पैसा र बिक्री दर ३४ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५६ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६२ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।