काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाक्रीले काठमाडौं उपत्यकाको फोहरको समस्याको दीर्घकालीन समाधान हुने बताएकी छन् । पासाङ ल्हमू सडकको बालाजु–तीनपिल्ले–ककनी खण्डको ठेक्का रद्ध हुने भएपछि शुक्रवार ट्वीटरमा खुशी व्यक्त गर्दै अब राजनीति नभएमा काठमाडौं उपत्यकाको फोहरको समस्याको दीर्घकालीन समाधान हुने पनि उल्लेख गरेकी हुन्।

उनले सर्वोच्च अदालतले उक्त ठेक्का रद्ध गर्न बाटो खुला गरिदिएको भन्दै फोहरको समस्या समाधान हुने उल्लेख गरेकी हुन् । ट्वीटरमा सन्देश लेख्दै उनले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा बाधक उनी बाटो भएको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘पासाङल्हामु सडकको बालाजु तीनपिल्ले ककनी सडक खण्ड ठेक्का आर्थिक २०७१/७२ मा ठेक्का लागेको थियो । आज आठ वर्षसम्म काम नगरेर राज्यलाई यति ठूलो क्षति गर्ने निर्माण व्यवसायीको ठेक्का रद्ध गर्नु अनिवार्य थियो । काठमाडौंमा फोहर नउठ्ने र ल्याण्डफिल्ड साइटतिर हुने आन्दोलनको एउटा महत्वपूर्ण कारण यो बाटो पनि हो । सडक विभागले ठेक्का रद्ध गरी कालो सूचीमा राख्ने निर्णय न्यायालयले सदर गरेको छ । यो सडक खण्डको नयाँ ठेक्का तुरून्त लाग्ने छ । यो क्षेत्रका स्थानीय जनता र काठमाडौंको सबै जनसमुदायलाई जानकारी गराउन चाहान्छु । फोहोरमा अरू राजनीतिक भएन भने फोहोर दीर्घकालीन समाधान हुन्छ ।’

उक्त सडकको ठेक्का नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सन र एआइपिएलले पाएको थियो । काठमाडौंको फोहर व्यवस्थापनमा सडकको ठेकेदारको लापरबाही भएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि प्रचण्डको आलोचना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!