
भक्तपुर । कृष्ण जन्माष्टमीको अवसरमा नारायण दीप यात्रा मनाइएको छ। बालक तथा युवाहरूले आफ्नो हात, काँध र टाउकोमा दीप बालेर न्यातपोल, भक्तपुर दरबार स्क्वायर हुँदै नगर परिक्रमा गरेका थिए। यात्रा भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट सुरु भएको थियो।
प्रत्येक वर्ष श्रीकृष्णाजष्टमी दिनको दिन वाकुपति नारायणलाई दीप प्रज्ज्वल गरी नगर परिक्रमा गरेसँगै गाईजात्राको समापन गरिन्छ। गाईजात्राको अन्तिम दिनको अवसरमा भक्तपुरमा घिन्ताङ घिसी नाच पनि निकालिएको थियो। नौ दिन आठ रात मनाइने गाईजात्रा आजबाट समापन भएको छ।
यो पर्व मनाउँदा मानिसमा रहेको नकारात्मक प्रवृत्तिको अन्त्य हुने र समाजमा शान्ती फैलिने जनविश्वास रहेको छ। यसरी दीप यात्रासँगै घिनताङ घिसी, माक प्याखंलगायतका नाचसमेत प्रदर्शन गरिएको छ। सापारुको अवसरमा हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन भक्तपुरमा यो यात्रा निकालिने परम्परा रहेको छ।
हेरौ यी तस्विरहरु…