काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ३५ पैसा र बिक्री दर १२७ रुपैयाँ ९५ पैसा कायम गरेको छ।

युरो एकको खरिद दर १२८ रुपैयाँ १३ पैसा र बिक्री दर १२८ रुपैयाँ ७३ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५० रुपैयाँ ९४ पैसा र बिक्री दर १५१ रुपैयाँ ६५ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३३ रुपैयाँ १३ पैसा र बिक्री दर १३३ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८२ पैसा र बिक्री दर ८८ रुपैयाँ २३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०८ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ५४ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३२ पैसा र बिक्री दर ९ रुपैयाँ ३७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७० पैसा र बिक्री दर १८ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९१ पैसा र बिक्री दर ३४ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५८ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ५८ पैसा र बिक्री दर ९ रुपैयाँ ६३ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!