काठमाडौं । जसपाकी पूर्वनेतृ सरिता गिरी आइतबार निधन भएका कांग्रेस नेता प्रदीप गिरीसँग बिहारको पटनामा पहिलोपटक भेट भएको बताएकी छन् । जसपाकी पूर्वनेतृ गिरीको प्रदीपका भाइ लक्ष्मणसंग भएको हो । जसपाकी पूर्वनेतृ गिरी निधन भएका कांग्रेस नेता प्रदीप गिरिकी बुहारी हुन् । गिरिले समाजिक सञ्जाल फेसबुकमा आज मैले यो लेखिन भने सायद कहिले पनि लेख्न सक्दिन भन्दै नयाँ रहश्य बाहिर ल्याएकी हुन् ।

सरिताले प्रदीपसँग बिहारको पटनामा पहिलोपटक भेट भएको खुलासा गर्दै उनले आफूलाई भाग्ने प्रस्ताव राखेको बताएकी छिन् । सो प्रस्तावले आफूलाई अचम्म लागेको बताएकी छन् । भर्खर आफू १६ वर्षकी भएकाले त्यो मजाकजस्तो लागेको सरिताले बताएकी छिन् । सरिताका अनुसार यस घटनाको लगभग २ वर्षपछि उनको लक्ष्मणसँग मागी विवाह भएको रहेछ ।

‘विवाह गरेपछि सिरहाको बस्तीपुरमा आएपछि परिवारका सदस्यहरूबारे बुझ्दा बिस्तारै थाहा भयो प्रदीप गिरी भन्ने व्यक्ति लक्ष्मण गिरीका दाजु रहेछन् । पछि मैले थाहा पाएँ प्रदीप त्यही व्यक्ति हुन् जसलाई मैले पटनामा भेटेँकी थिएँ,’ उनले भनेकी छिन् । सरिताका अनुसार उनीहरूको विहेमा प्रदीप गएका थिएनन् । पछिमात्रै प्रदीपले सरिताको विहे आफ्नै भाइसँग भएको थाहा पाएछन् । त्यो थाहा पाएपछि प्रदीप छक्क परेको सरिताले बताएकी छिन् ।

यस्तो छ सरिताको खुलासा :

प्रदीप दाई र म

आज म प्रदीप दाइका बारेमा यस्तो कुरा लेख्न गइरहेको छु जुन नियतिले निर्धारित गरेको हो । उहाँलाई माया गर्ने धेरै जना छन् । उहाँको प्रति सबैको प्रेमभावप्रति मेरो असीम आदर छ । तर आज मैले यो लेखिन भने सायद कहिले पनि लेख्न सक्दिन होला । कान्छो भाइ लक्ष्मण गिरी र प्रदीप दाइबीच अचम्भको प्रेम थियो । त्यहाँ भक्ति पनि थियो र सखाको प्रेम पनि थियो । हामी तीनैजना सँगै भएको बेला म यो भन्दै जिस्काउँथेँ पनि कि ‘इन्जिनियर साहेब आपके भाइ से भी ज्यादा आपके कार्यकर्ता जैसे हैं ।’ दुईजना बीचको असीम प्रेमको एक कडी म पनि थिएँ ।

प्रदीप दाइसँग मेरो भेट पटनामा भएको थिए । भर्खर कक्षा ११ को जाँच दिएकी थिएँ । मेरी काकी नेपालकी हुनुहुन्छ र निर्वासनको समयमा उहाँहरू पटना गइराख्नु हुन्थ्यो । त्यस्तै एउटा भ्रमणका दौरान पटनामा तीन–चारजना नेपाली मेरी काकीको कोठामा बस्नु भएको थियो । म बाहिर थिएँ र मलाई बोलाइयो । म कोठामा पसेर एक कुनामा बसेँं । उहाँले हिन्दीमा एकपछि अर्को प्रश्न गर्न थाल्नुभयो । मैले सकेसम्म एउटा राम्रो विद्यार्थीजस्तो जवाफ दिँदै गएँ ।

त्यसपछि केही बेर चुप लाग्नु भयो र एक्कासी हाँस्दै भन्नुभयो, ‘मेरी अभी शादी नहीं हुई है, चलो तुम मेरे साथ भाग चलो ।’ कस्तो–कस्तो लाग्यो । म त्यसबेला मात्र १६ वर्षकी थिएँ । यो मजाक हो कि जस्तो पनि लाग्यो । चुपचाप कोठाबाट बाहिर निस्केँ । यस घटनाको लगभग २ वर्षपछि मेरो लक्ष्मणसँग मागी विवाह भएको हो । विवाह गरेपछि बस्तीपुर आएँ । त्यसपछि परिवारका सदस्यबारे बुझ्दा बिस्तारै थाहा भयो प्रदीप गिरी भन्ने व्यक्ति लक्ष्मण गिरी का दाजु हुन् । पछि मैले थाहा पाएँ प्रदीप गिरी त्यही व्यक्ति हुन् जसलाई मैले पटनामा भेटेकी थिएँ । उहाँ विवाहमा सरिक हुनुभएको थिएन । पछि भन्नु भयो, ‘जब पता चला कि मेरे ही भाइ से तुम्हारी शादी हे रही है तो कुछ अजीब सा लगा और मैं शादी में नहीं आया ।’

प्रदीप दाइसँगको थोरै संगतमा उहाँको विद्वतासँग प्रभावित न हुने त कुरा नै थिएन । जेठाजु र बुहारीको सम्बन्ध यस्तो हुन्छ कि मैले उहाँसँग सिक्ने अवसर वा समय पाइन । तर टाढा भएपनि राजनीतिमा उहाँँ मेरो प्रेरणा स्रोत जहिले पनि रहनुभयो । उहाँको प्रभावमा मैले आध्यात्मिकतालाई पनि बुझेँ । प्रेमको आध्यात्मिक स्वरुप के हुन्छ, मैले उहाँको संगतमा बुझेँ । जीवनमा जस्तोसुकै कठोर मोडमा उहाँ र उहाँका भाइ लक्ष्मणको प्रेम र संरक्षण पाउने भाग्यमानी मध्येको एक म पनि हुँ । मेरो जीवनमा पिताबाहेक प्रभाव राख्ने दुई पुरुष लक्ष्मण र प्रदीप हुन् । आज तीनैजना यस संसारमा हुनुहुन्न ।

तीनैजनाप्रति असीम श्रद्धा र प्रेम व्यक्त गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!