
काठमाडौं । सरकारसँग तीन बुँदे सहमति भएसंगै निहारिका राजपुतले अनसन तोडेकी छन् । उनलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्दप्रसाद कोइरालाले आइतबार अनसन तोडाएका हुन् ।
१७ दिनदेखिको अनसन बस्दै आएकी निहारिक र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालबीच तीन बुँदे सहमति भएपछि अनसन तोडेकी हुन् ।
यस्तो छ सहमति
१. निज निहारिका राजपुत ‘सोनाली’को माग र अनुरोध बमोजिम श्री उच्च अदालत जनकपुरमा विचाराधिन मुद्धाको डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने ।
२. डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालत समक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने ।
३. उक्त माग पुरा भएकोले निहारिका राजपुत ‘सोनाली’ ले १७ दिनदेखि गरिरहेको आमरण अनसन आजैको मितिबाट अन्त्य गर्ने ।