गुल्मी । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू सधैँ वाम एकताको पक्षमा रहेको बताएका छन् । पार्टी प्रशिक्षणका क्रममा गुल्मी आएका नेता खनालले ठूला शक्तिहरु नै सकारात्मक नभएको बताएका हुन् ।

‘मैले जहिल्यै वाम एकताको पक्षमा बोलेको छु । तर, ठूला शक्तिहरू नै सकारात्मक छैनन्,’ उनले भने, ‘तर, एकताको आवश्यकतासँगै बहस र छलफल अगाडि बढ्नु पर्छ, उनले भने ।’

नेता खनालले देश र पार्टीको आवश्यकताअनुसारको भूमिका निर्वाह गर्न आफू तयार भएकाले अहिलेको दौड राष्ट्रपतिका लागि नभएर पार्टीका निम्ति भएको बताएका छन् । पत्रकार सम्मेलनमा राष्ट्रपतिभन्दा पहिले पार्टीको निर्देशनअनुसार निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताए ।

नेता खनालले अहिले जनताले नेतृत्वमा नयाँ अनुहार खोजेको बताएका छन् । उमेरसँगै योग्यता र क्षमता भएका नेता र नेतृत्व आवश्यक रहेको उनले बताए । युवाले पद मात्रै खोज्न बल गरेर नहुने भन्दै उनले आफ्नो क्षमता पनि विकास गरे पहिलो पुस्ता आफै विस्थापित हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!