काठमाडौं । एकजना पुरुषले ८ जना श्रीमतीसहित बस्नका लागि आलिशान घर बनाइरहेका छन् । उनले यसलाई ‘मुक्त प्रेमको हवेली’ नाम दिएका छन् । तर घर सर्न अघि नै उनले स्थानीय जनताको विरोधको सामना गर्नुपरेको थियो । व्यक्तिको नयाँ घरको भित्तामा कसैले ‘दानव’ लेखेको छ।

आर्थर ओ उर्सो ब्राजिलका हुन्। उनी मोडल र इन्फ्लुएन्सर हुन् । आर्थरले यौन स्वतन्त्रताको अभ्यास र एक विवाहको विरुद्धमा एकैपटक ९ युवतीसँग विवाह गरेर पहिलो पटक हेडलाइन बनाएका थिए । उनीहरुले सन् २०२१ मा यी विवाह गरेका थिए । तर पछि उनकी एक श्रीमती यो विवाहबाट अलग भइन् ।

तर, उनीहरुको विवाह औपचारिक रुपमा मान्य छैन । किनभने ब्राजिलमा बहुविवाह (एकभन्दा बढी महिलासँग विवाह)अवैध छ। तर, उनले ८ जना श्रीमतीसँग रोमान्स गरिरहेको तस्बिर इन्स्टाग्राममा पोस्ट गरिरहन्छन् । अहिले आर्थरले आफ्नी श्रीमतीसँग बस्नको लागि ७०० वर्गफुट जमिनमा आलिशान घर बनाइरहेका छन् ।

उनले यस घरको नाम ‘मुक्त प्रेमको हवेली’ राखे । यद्यपि, सबैजना आर्थरको भव्य जीवनशैलीसँग खुसी छैनन्। कसैले उनको घरको भित्तामा ‘डेमोन’ (राक्षस) लेख्यो। उनलाई आफ्नी श्रीमती छोड्न आदेश दिइएको छ। भित्तामा लेखिएको थियो- दानव परिवार, जाउ, हामी तिमीलाई स्वागत गर्दैनौं।

जवाफमा आर्थरले आफूले ‘शान्ति’ चाहेको बताए। भित्ताको फोटो सेयर गर्दै आर्थरले लेखेका छन्, ‘आज निकै निराशाजनक दिन थियो । बिहान उठेपछि निर्माण टोलीका लागि गेट खोल्दै थिएँ । त्यसपछि मलाई घरको एउटा भित्तामा कसैले केही लेखेको बताइयो। आर्थरले भने– यो कसले गरेको हो पत्ता लगाउनेछु, त्यसपछि उपयुक्त कारबाही गर्छु । मैले आफ्नो र मेरी श्रीमतीको लागि घर बनाएर केही गलत गरिरहेको छैन। हामी केवल शान्तिमा बाँच्न चाहन्छौं।

यस विषयमा आफूले प्रहरीमा उजुरी दिएको आर्थरले भने, तर अहिलेसम्म कुनै अभियुक्त पत्ता नलागेको भन्ने विषयमा आफूले कुनै अपडेट नपाएको बताए । आर्थरले पछि इन्स्टाग्राममा अर्को पोस्ट साझा गरे। जसमा उनी केही व्यक्तिसँग घरको पर्खाल सफा गरिरहेको देखिन्छ । तर, आर्थरको प्रेम जीवनलाई हेर्दा विवादमा पर्नु उनका लागि नयाँ होइन । उनले आफ्नो पहिलो पत्नी लुआना काज्कीसँग फ्रान्सेली शहर क्याप डी’एग्डेमा विवाह गरे। दुवैले यो विवाह नग्न भएर गरेका थिए । विवाहपछि दुवै जना खुसीसाथ जीवन बिताइरहेका थिए । तर त्यसपछि दुवैले सम्बन्धमा अरु धेरैलाई सामेल गर्ने निर्णय गरे ।

अहिले उनले थप ७ जना केटीसँग अनौपचारिक रुपमा विवाह गरेका छन् । यसमा थायन, कायरा, मेलिना, बेथानी, टाना, लोरेना र एमिली समावेश छन्। आर्थरले आफूले सबै केटीहरूलाई सम्बन्धबारे सोधेको बताए । सहमति भएपछि तिनीहरू सबैले प्रतीकात्मक विवाह गरे।

आर्थरले भने– किशोरावस्थादेखि नै मलाई एउटै विवाहका लागि बनेको होइन भन्ने लाग्न थाल्यो । त्यसपछि मैले यसको बारेमा अनुसन्धान गर्न थालें। मैले एकभन्दा बढी विवाहमा बनेका धेरै फिल्म र वृत्तचित्रहरू हेरेको छु।

कुनै समय आर्थरले पनि श्रीमतीसँग रोमान्स गर्ने दिनचर्या बनाएका थिए। तर पछि उनीहरुलाई समस्या हुन थाल्यो । अब उनी सबै कुरा स्वाभाविक रूपमा चल्न दिन चाहन्छन् । उनले ८ जना श्रीमतीसँग बस्नुको एउटा मात्रै बेफाइदा बताउँछन् । अर्थात्, तिनीहरूको खर्च धेरै उच्च छ। तर सबै कुरा व्यवस्थापन गर्न सकिने उनको भनाइ छ । आर्थर ओ उर्सोका इन्स्टाग्राममा १ लाख ७५ हजारभन्दा बढी फलोअर्स छन् । यहाँ उनी आफ्नो पर्सनल लाइफसँग सम्बन्धित तस्बिर र भिडियो फ्यानसँग सेयर गरिरहन्छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!