काठमाडौं । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ। यससँगै प्रतिनिधिसभा र प्रदेशसभाका सम्भावित उम्मेदवारहरूको चर्चा पनि सुरु भएको छ। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा बाम गठबन्धन भएको थियो। बाम गठबन्धन हुँदा जसका कारण नेपाली कांग्रेस प्रत्यक्षतर्फ २३ सिटमा सीमित भएको थियो।

गठबन्धन भएका कारण धेरै नेताहरुले फराकिलो मतान्तरले जित निकालेका थिए। फराकिलो जित निकाल्ने नेताहरु मध्येका एक हुन् नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल ।

खनाल इलाम क्षेत्र नम्बर १ बाट बाम गठबन्धनका उम्मेदवार भएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनले निकट प्रतिद्वन्द्वी कांग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजार १६७ मतले उछिनेका थिए। खनालले ३६ हजार ८०५ मत ल्याएका थिए भने कट्टेलले १९ हजार ६३८ मत ल्याएका थिए। खनाल अहिले नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीका सम्मानित नेता भएका छन्।

उनी यो पटक सरकारमा सहभागी पाँच दलीय गठबन्धनका तर्फबाट यो पटक पनि इलामको सोही क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छन्। खनाल यो निर्वाचन क्षेत्रबाट २०४८ सालयता लगातार चुनाव जित्दै आएका छन्। गत स्थानीय तहको चुनावको वडाअध्यक्षले पाएको मतलाई आधार मान्दा यो निर्वाचन क्षेत्रमा सबैभन्दा ठूलो दल नेकपा एमाले देखिन्छ।

एमालेको हाराहारीमा कांग्रेसको मत देखिन्छ। तर खनालको पार्टी नेकपा एकीकृत समाजवादीको मत भने एमाले र कांग्रेसको भन्दा धेरै तल देखिन्छ। यो निर्वाचन क्षेत्रमा एमालेको २६ हजार २३३, कांग्रेसको २५ हजार ७७२, नेकपा एसको ९ हजार ४८१, जसपाको १ हजार ८२९, माओवादीको १ हजार २३५ र राप्रपाको १ हजार १६९ मत छ।

यो पटक पनि यो क्षेत्रमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत देखिन्छ। गठबन्धनको भोट ३८ हजार ३१७ भोट छ। यो क्षेत्रमा एमालेको भन्दा पाँच दलीय गठबन्धनको १२ हजार ८४ भोट बढी हो। तर यो क्षेत्रमा एमाले र राप्रपाका बीचमा गठबन्धन भएमा यो मतान्तर घट्ने देखिन्छ। यो क्षेत्र एमाले राप्रपाको भोट २७ हजार ४०२ हुन्छ।

यसो भएमा पाँच दलीय गठबन्धनको भोट एमाले राप्रपा गठबन्धनको भन्दा १० हजार ९१५ हुन जान्छ। यो निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादीको भोट अत्यन्तै कम रहेको भन्दै नेपाली कांग्रेसका जिल्लास्तरीय नेताहरुले दाबी गरिरहेका छन्। तर गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको क्षेत्रमा भोट भन्दा पनि राजनीति निर्णय गर्ने तयारी गरका कारण यो क्षेत्र नेकपा एसले पाउने सम्भावना बलियो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!