
काठमाडौं । नेकपा (एकता राष्टिय अभियान) का संयोजक वामदेव गौतमको उम्मेदवारीलाई लिएर सत्ता गठबन्धनकै दलहरुबाट ब्यापक असन्तुष्टि ब्यक्त भइरहेको छ। गौतमले केही दिन अगाडि आसन्न निर्वाचनमा प्युठानबाट उम्मेदवारी दिने बताएपछि सत्तारुढ गठबन्धन कार्यदलको बैठकमा गठबन्धनकै एक घटक राष्ट्रिय जनमोर्चाले अस्वीकार गरेको हो।
ब्यापक बिरोध र असहमतिका बाबजुद गौतम पुनः बर्दियाबाटै निर्वाचन लड्ने आकाक्षा ब्यक्त गर्न थालेको बताइएको छ। यद्यपि गौतमलाई प्युठानबाहेक उनकै निर्वाचन क्षेत्र बर्दियाबाटै उम्मेदवारी दिए निर्वाचन जित्ने संभावना नरहेको गठबन्धनकै नेताहरु बताउँछन्। उनले उम्मेदवारी दिए बर्दियाली जनताहरुले मत दिएर विजयी बनाउने संभावना न्यून रहेको गठबन्धन दलका एक नेताले बताएका हुन्। गौतमको माओवादीको चिन्हबाटै उम्मेदवारी दिने बिषयलाई लिएर माओवादीकै नेताहरुले समेत असन्तुष्टि ब्यक्त गरेका छन्।
यस्तै प्युठानबाट उम्मेदवारी दिने आकाक्षां ब्यक्त गरेसँगै उनको बिरुद्धमा गठबन्धनकै नेताहरुले उनलाई अस्वीकार गर्ने बताएका थिए। प्युठानबाट निर्वाचन लड्ने आकांक्षा ब्यक्त गरेका गौतमलाई उनको निर्वाचन क्षेत्र बर्दियाबाट समेत उम्मेदवारी दिइ निर्वाचनमा विजयी हुने संभावना न्यून रहेको बताइएको छ।
बिगतदेखि बर्दियाबाटै निर्वाचित गौतम २०७०को निर्वाचनमा प्युठान र बर्दिया दुबैबाट निर्वाचित भएका हुन्। निर्वाचित भएसँगै दुई निर्वाचन क्षेत्रमध्ये एक रोज्नुपर्ने संबैधानिक प्रावधान बमोजिम उनले बर्दिया रोजेका थिए। तत्पश्चात गौतम बर्दियाबाटै २०७४को निर्वाचनमा उम्मेदवार बनेका थिए। बाम गठबन्धन हुँदा समेत कांग्रेसका संजय गौतमसँग पराजित भएका उनी यस पटक भने प्युठानबाट निर्वाचन लड्ने आकांक्षा ब्यक्त गरेका हुन्।
प्युठानमा गौतमको संभावना नभएको गठबन्धनकै दलका नेताहरुले सार्वजनिकरुपमा बताइसकेका छन्। यसपटक बर्दियामा समेत उनको लागि निर्वाचन लड्न अनुकुल बातावरण नरहेको बर्दियाकै गठबन्धनका नेताहरुको दाबी छ। बामदेव गौतमका कुनै समय निकटस्थ रहेका एक नेताका अनुसार गौतमलाई उनकै निर्वाचन क्षेत्र बर्दियाबाटै समेत यस पटकको निर्वाचनमा जनताले स्वीकार्ने संभावना न्यून रहेको ती नेताले बताए। गौतमलाई गठबन्धनले फेरि अर्को रनभुल्लमा पारेको उनी निकट ती नेताको आक्षेप छ।
बर्दियाकै एक माओवादी नेताले समेत गौतमलाई बर्दियाली जनताले यसपटक विजयी बनाउने कुनै संभावना नरहेको बताएका छन्। ती नेताले पटक पटक बर्दियाबाटै निर्वाचित भएर यहाँको विकास र समृद्धिमा कुनै चासो नदिएको र पछिल्लो नेकपाको अन्तरसंघर्सको समयमा अस्थिर चरित्र निर्वाह गरी बिभाजनमा मूल भूमिका निर्वाह गरेको भन्दै गौतमलाई स्वीकार्ने संभावना न्यून रहेको बताएका हुन्। उनका अनुसार बर्दियाली जनताले गौतमलाई नेकपा बिभाजनको मुल सूत्राधारको रुपमा गौतमलाई चित्रित गर्ने गर्दछन्।
ती नेताले भने, ‘पटक पटक बर्दियाबाट निर्वाचित भएर गौतमले के गर्नु भयो भनेर उहाँको बिषयमा यहाँका मतदाताहरुले प्रश्न गर्दछन्। उहाँको संभावना यसपटक बर्दियाबाट देखिदैन् बरु उहाँको उम्मेदवारी भयो भने उल्टै गठबन्धनको मतभार घट्ने संभावना देखिन्छ, उहाँको पछिल्लो समयमा देखिएको अस्थिरतार नेकपा बिभाजन हुनुमा देखिएको मुल भुमिकाको बिषयमा बर्दियाली जनता सबै जानकार छन्।’
बिगतदेखि नै प्रतिनिधिसभाको सांसद हुन अनेकौं प्रयत्न गरेका गौतम अन्ततः राष्ट्रिय सभाको सांसद भएका थिए। फेरि राजीनामा दिएर निर्वाचनमा जाँदा जनताले स्वीकार्न असहज हुने ती माओवादी नेताको भनाइ छ।