काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी गठनको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

अध्यक्ष नेपालले केपी ओलीको व्यक्तिवादी प्रवत्तीका कारण नेपालमा अनेकौ खालका जटिलता देखा परेको बताए । नेपालले भने, ‘क्रान्तिकारीहरु आदर्शप्रति कटिवद्ध हुनुपर्छ । कम्युनिस्ट पार्टी हुनका लागि इमान्दार र कर्तव्यनिष्ठ हुनुपर्छ । ’

गुटबन्दीको महारोग केपी ओलीले नै प्रवेश गराएको उनको भनाइ छ। उनले भने, ‘कम्युनिस्ट आन्दोलनमा गुटवाद र व्यक्तिवाद महारोगको रुपमा फैलिएको छ । कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउने सम्भावना राम्रो छ । सम्भावनासँगै चुनौति पनि छ । ’

क्रान्तिकारी व्यवहारबाट मात्रै जनताको विश्वास जित्न सकिने उनले बताए । उनले आधारभूत तहका जनताका समस्याबारे पार्टीले बुझेर समाधानमा केन्द्रित हुनुपर्ने बताए । नेपालले भने, ‘२७ प्रतिशत उम्मेदवार खडा गर्दा ९ लाख २७ हजार मत पाएका थियौं । शतप्रतिशत उठाएको भए १५ देखि २० लाख मत आउने थियो । चुनावमा समानुपातिक मतका आधारमा पनि हैसियत देखाउन सक्छ । १५ देखि २० सिट समानुपातिकमा आउँछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!