काठमाडौं । नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान आजदेखि सुरू गर्दैछ। मंसिर ४ को निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले सुरु गरेको अभियान आजदेखि भदौ २४ गतेसम्म सञ्चालन गर्न लागेको हो ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले ७७ वटै जिल्लामा अभियान चलाउन यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय प्रतिनिधि ७७ जिल्लामा पठाइसकेको छ ।

यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् । अभियानमा प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउनेछन् ।

अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!