काठमाडौं । सीमा क्षेत्रबाट दुई करोड रुपैयाँ नगदसहित नेताकी छोरी पक्राउ परेकी छन् । उनको साथबाट दुई थान पेस्तोल समेत बरामद भएको छ । अमेरिकाको टेक्सासबाट पक्राउ परेकी युवतीको नाम येशी मोरिया हो ।

२८ वर्षीया येशी मेक्सिकोको मिचोआकान नगरपालिकाकी मेयरकी छोरी हुन्। उनलाई अमेरिकी भन्सार र सीमा सुरक्षा टोलीले पक्राउ गरेको हो । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ ।

‘डेली मेल’को रिपोर्टका अनुसार येशी मोरिया ३ करोडभन्दा बढी नगद र बन्दुक लिएर अमेरिकाबाट मेक्सिको जान खोजिरहेकी थिइन् । तर सीमा पार गर्नु अघि, उनी टेक्सासको लारेडोमा जुआरेज-लिंकन ब्रिजमा चेकको क्रममा समातिइन्।

सोधपुछका क्रममा उनी मिचोआकान नगरपालिकाका मेयर आर्टेमियो मोरियाकी छोरी भएको खुलासा भएको छ । अफिसरहरूले उनको कारबाट कोल्ट १९११.४५ क्यालिबर बन्दुक र जीलक ९ एमएम ह्यान्डगन फेला पारे। यसबाहेक अढाइ लाख डलर नगद पनि प्राप्त भएको छ । येशी मोरियालाई त्यसपछि वेब काउन्टी शेरिफको पुलिसलाई सुम्पियो।

तर, चार लाख धरौटी बुझाएर उनी जेलमुक्त भएकी छिन् । येशीले इन्स्टाग्राममा आफ्नो गिरफ्तारी राजनीतिक प्रेरित भएको बताएकी छिन् । उनले आफ्नो परिवारलाई बदनाम गर्न राजनीतिक उद्देश्यका लागि यो सबै गरिएको आरोप लगाइन् ।

अमेरिकी कानून अनुसार यति ठूलो रकम देश भित्र वा बाहिर लैजाने व्यक्तिको बारेमा सीमा सुरक्षा टोलीलाई जानकारी दिन आवश्यक छ। केवल एक निश्चित रकम प्रतिबन्ध बिना बोक्न सकिन्छ। -एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!