काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग दिउँसो २ बजे भेट्दैछन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा पार्टी पदाधिकारीसहित राष्ट्रपति भवन शितल निवास जाँदैछन् ।

‘राष्ट्रपति भण्डारीलाई भेट्न जाने खबर भर्खरै आयो,’ कांग्रेसका एक पदाधिकारीले भने,‘सरकारको प्रमुखभन्दा पनि कांग्रेसको पार्टी सभापति र पार्टी पदाधिकारीको हैसियतमा उहाँलाई भेट्न जान लागेका हौं ।’

उनले भेटको एजेण्डाका बारेमा भने आफूहरुलाई केही जानकारी नदिइएको बताए । नागरिकताको विधेयकको विषयलाई लिएर पछिल्लो समय सत्तारुढ दल राष्ट्रपति कार्यालयबीच दूरी बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!