
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल शे–फोक्सुण्डो तालमा पुगेका छन् । बुधबार पार्टीको कामले डोल्पा पुगेका प्रचण्ड माओवादी केन्द्रका नेताहरुसहित शे–फोक्सुण्डो तालमा पनि पुगेका हुन् ।
उनले डोल्पाका डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्षसहित एमाले नेताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराएका थिए ।
पार्टीको कामको सिलसिलामा डोल्पा पुगेको अवसरमा दाहालकी स्वकिय सचिवसमेत रहेकी छोरी गंगा दाहालले ताल घुमेको तस्विर सामाजिक सञ्जाल फेशबुकमार्फत सार्वजनिक गरेकी छिन् ।