
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सोमबार संसदमा बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल छलफलपछि विचार गरियोस् भन्ने प्रस्तावमा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।
पास गर्ने क्रममा एमाले सांसद घनश्याम खतिवडाले गणपूरक संख्यामाथि प्रश्न उठाउदा तीन मिनेट घन्टी बनाएर गणना गर्दा पनि कुनै पनि प्रस्ताव निर्णायार्थ प्रस्तुत गर्न चाहिने संख्या एक चौथाई सदस्य पुगेन । गणपूरक संख्या ६९ हुनुपर्नेमा ४५ जना मात्र सहभागी भएको पाइएपछि सभामुखले बैठक स्थागित गरेका हुन् ।