काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका पदाधिकारी र राष्ट्रपति विद्यादेवी भण्डारीबिच छलफल भएको छ । नागरिकता विधेयकका सन्दर्भमा कांग्रेसका पदाधिकारी सोमबार दिउँसो २ बजेपछि राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका हुन् ।

छलफलपछि सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश अनुसार नै नागरिकता विधेयक ल्याएको बताएका थिए । ‘नागरिकता विधेयका सन्दर्भमा उहाँका जिज्ञासा थिए । चुनावबारे पनि कुरा भएको छ ।’

राष्ट्रपति भण्डारीले आम निर्वाचन निष्पक्षमा रुपमा गर्न सरकारलाई सुझाव दिएको कार्कीको भनाइ छ । नागरिकता विधेयका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई बोलाएकी थिइन् ।

देउवा उपसभापति धनराज गुरुङ महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई साथमा लिएर शीतल निवास पुगेका थिए । संघीय संसदका दुबै सदनबाट पारित भएर प्रमाणीकरणका शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरिदिएकी थिइन् । संसदका दुबै सदनबाट प्रक्रिया पुर्याएर पुनः राष्ट्रपति समक्ष पठाउने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!