
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महनगरका मेयर बालेन साहले भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपायको खोजी भइरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा नयाँ नयाँ अनुहारलाई चुनाव लडाउने संकेत गरेका हुन्।
चुनावी रिजल्ट निकाल्न उम्मेदवार पनि नयाँ नयाँ ल्याउनुपर्ने अवस्था रहेको उनले सुनाए । ‘यही भएर चलखेल गरेकाले जित्ने स्थिति त्यति देखिएन’, प्रचण्डले भने, ‘निर्वाचन भनेको सेन्टिमेन्ट पनि हो । बालेनले के जित्यो, सेन्टिमेन्टले जित्यो ।’
उनले अघि भने, ‘हामीले पनि बालेन भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्देछौं । सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि ।’
उपत्यकामा पार्टीको अवस्था चिन्ताजनक रहेको बताए । उपत्यकाको पार्टी संगठनको संरचना र नीतिगत विषयमा नयां ढंगले सोच्नुपर्ने अवस्था आएको भन्दै उनले भने, ‘विशेष, सम्पर्क र भ्यालीलाई एक ठाउँमा राखेर पदाधिकारीले कमाण्ड गर्ने संरचना बनाउनेबारे सोच्दछौं ।’
पार्टीको गुटबन्दीमा पनि सहभागी नभएको र सबैले साथ दिनसक्ने उम्मेदवार ल्याउने भन्दै उनले भने प्रतिनिधिसभामा २र३ सिट जित्न सके ठूलो सफलता हुने बताए ।