
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाहेक अन्यत्रबाट उमेदवार नदिने बताएका छन्। बिर्तामोडमा आज आयोजित एक कार्यक्रममा बोल्दै आफ्नो क्षेत्रमा आएर ट्रायल दिँदा हरेक पटक फेल भएपनि यस पटक झापा क्षेत्र नम्बर १ मा पास हुने लाग्ने बताएका हुन् ।
‘राजनीतिमा यसले देश हाँक्न सक्छ भन्ने विश्वास पनि छ तर आफ्नो क्षेत्रमा आएर ट्रायल दिँदा हरेक पटक फेल भएको छु’ शर्माले भने,’तीन पटकमा राँगो त छिन्छ भने यसपटक मैले कसरी नजितुँला ।’
महामन्त्री शर्माले उनले गठबन्धन दलभित्र जो जहाँबाट उम्मेदवार बन्ने सहमति भएपनि आफूले झापा क्षेत्र नम्बर १ नछाड्ने बताएका हुन् । शर्माले राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको भन्दै यसलाई अझै कसिलो बनाएर लैजाने बताए।