दाङ । कांग्रेसले संविधानसभा सदस्य रहिसकेका कांग्रेसका नेता राजु खनालमाथि कारबाहीको सिफारिस गरेको छ । कांग्रेस घोराही ६ को इकाई कार्य समितिले खनालमाथि कारबाहीको सिफारिस गरेको हो । आसन्न निर्वाचनका प्रमुख दाबेदार रहेका खनालमाथि स्थानीय तहको चुनावमा एमालेलाई जिताएको आरोप लागेको छ ।

जिल्ला पार्टी कार्यालय दाङमा पठाएको सो वडाको वडा अध्यक्षमा पराजित भएका रेबबहादुर बुढाथोकीले वडाअध्यक्षमा हराउन खनालले वडाका आफूनिकट नेताहरूलाई परिचालन गरेको उनको आरोप छ । स्थानीय तहको चुनावमा एमालेको प्रचार गरेको र आफूनिकट नेतामार्फत वडा अध्यक्षमा हराउन पैसा बाँड्नुको साथै गतिविधि त्यस्तै किसिमको गरेकाले खनालमाथि पनि कारबाहीको सिफारिस गरिएको उनले बताए ।

यता, कांग्रेसका जिल्ला कमिटीका एकजना पदाधिकारीले खनालमाथि अन्तर्घात गरेको आरोप लगाई कारबाहीको माग गर्दै पार्टीको वडा इकाईबाट सिफारिस भई जिल्लामा आएको र घटना बारे जिल्ला तहबाट बुझ्ने काम भइरहेको बताए ।

कांग्रेस दाङका उपसभापति तथा अनुशासन आयोगका संयोजक गिरिराज सुवेदीले जिल्लाभरिबाट १५२ जनालाई अन्तर्घात गरेको आरोपमा कारबाहीको माग गर्दै पार्टी तल्लो कमिटीबाट सिफारिस आएको र केहीलाई स्पष्टीकरण सोध्ने काम भइरहेकाले उपयुक्त समयमा नाम सार्वजनिक हुने बताए ।

सुवेदीले कारबाहीका लागि कांग्रेसका महाधिबेशन प्रतिनिधिदेखि जिल्लास्तरका नेतासम्म सिफारिस आएको जानकारी दिए । उता, संविधानसभा सदस्य खनालले आफूमाथि कारबाहीको कुरा थाहा नभएको र कहिँ कतैबाट सिफारिस नआएको बताए । कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका खनालले गलत कुरा भएको भन्दै कारबाहीको सिफारिस आउनै नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!