काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बहुदलीय प्रतिस्पर्धामा गठबन्धन गर्नुको अर्थ विचारबाट च्युत भएको भन्ने नहुने बताएका छन्। केपी ओलीले एमालेसँग गठबन्धन गरे ठीक कांग्रेससँग गरे बेठीक भन्ने आशय राखेको भन्दै उनले यस्तो धारणा राखेका हुन्।

गौशालास्थित अनुपम फुडल्यान्डमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले ओलीले भनजस्तो गठबन्धन एमालेसँग स्वाभाविक र कांग्रेससँग अस्वाभाविक नहुने प्रस्ट पारे। कांग्रेसले नगरे अरू कसैले गठबन्धन गर्ने उल्लेख गर्दै उनले अंकगणित सुरक्षित गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताए।

‘एक्लाएक्लै लड्ने भन्ने भएको भए त्यो आइडल नै हुन्थ्यो। तर, हामीले गठबन्धन नगरे कसै न कसैले गठबन्धन गर्छ नै। मात्रै कांग्रेसले नगरोस् भन्ने आशयमा मात्रै यस्ता कुरा आए। मूल कुरा अंकगणित कसरी सुरक्षित गर्ने भन्ने नै हो,’ प्रवक्ता महतले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!