
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत्तले गठबन्धन गर्ने विषय पार्टीले निर्णय गरेको र सहमतिमै निर्णय भएको बताएका छन् । सञ्चारकर्मीसँगकुरा गर्दै महतले असहमति भएका विषय भए केन्द्रीय समितिमा राख्न सबै नेताहरूलाई आग्रह गरेका छन् ।
‘बाहिर कहीँ कसैले फरक मत राख्दा मतदाता कन्फ्युजनमा पर्छन् त्यस्ता काम गर्नुहुँदैन’, उनले भने । डा. शेखरहरूले पनि यो विषयमा जथाभावी बोल्न नहुने उनले तर्क गरे । डा. शेखर कोइरालाले एक सय सिट लिएर मात्रै गठबन्धन गर्नुपर्ने अन्यथा विद्रोह हुने तर्क गर्दै आएका छन् ।
‘हामीले गठबन्धन नगरे अरूले गर्छन् ओलीजीहरू लागिरहनुभएको छ । कांग्रेसले गठबन्धन नगरोस् हामी गछौं भन्ने कुरा ठिक होइन्, उनले भने।’