
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको जनाएको छ।
प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। साथै प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ।
सोमबार प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नम्बर १ का एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।