
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेले तल्ला कमिटीबाट उम्मेदवारहरुको नाम सिफारिस गरिरहेको छ । प्रतिनिधिसभाका १६५ सीटका अधिकांश निर्वाचन क्षेत्रमा सिफारिस जारी रहँदा अधिकांश पदाधिकारी आआफ्नो क्षेत्रबाट सर्वसम्मत रुपमा सिफारिस भएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णु पौडेल सर्वसम्मत सिफारिस भएका छन् । त्यस्तै महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली तथा सचिवहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्माको पनि एकल नाम सिफारिस भइसकेको छ ।
पार्टीका पदाधिकारीसहित सोमबार साँझसम्म ४६ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएको छ । एमालेले भदौ २२ गतेभित्र उम्मेवारहरुको नाम सिफारिस गरेर केन्द्रमा पठाउन क्षेत्र, जिल्ला र प्रदेश कमिटीहरुलाई निर्देशन दिइसकेको छ । हालसम्म सर्वसम्मत एकल नाम सिफारिस भएका जिल्ला, क्षेत्र र उम्मेदवारहरु यसप्रकार छन्ः
प्रदेश १
१. केपी शर्मा ओली – झापा ५
२. रविन कोइराला – झापा १
३. वसन्तकुमार नेम्वाङ – पाँचथर
४. महेश बस्नेत – इलाम १
५. सुवास नेम्वाङ – इलाम २
६. ऋषिकेश पोखरेल – मोरङ २
७. भानुभक्त ढकाल – मोरङ ३
८. विनोद ढकाल – मोरङ ४
९. योगी मण्डल – मोरङ ५
१०. जयकुमार राई – सुनसरी १
११. भगवती चौधरी – सुनसरी ३
मधेस प्रदेश
१. जुलीकुमारी महतो – धनुषा ३
२. रघुवीर महासेठ – धनुषा ४
३. अजय गुप्ता – रौतहट १
४. प्रभु साह – रौतहट ३
५. बलवीर चौधरी – बारा २
६. देवनारायण चौधरी – बारा ४
बागमती प्रदेश
१. गोकुल बाँस्कोटा – काभ्रे २
२. नवराज सिलवाल – ललितपुर १
३. प्रेम महर्जन – ललितपुर २
४. मणिराम फुयाल – काठमाडौं २
५. कृष्ण राई – काठमाडौं ३
६. डा.राजन भट्टराई – काठमाडौं ४
७. ईश्वर पोखरेल – काठमाडौं ५
८. राजेश शाक्य – काठमाडौं ८
९. रामप्रसाद न्यौपाने – चितवन ३
१०. महेश बस्नेत – भक्तपुर २
गण्डकी प्रदेश
१. एकबहादुर राना – तनहुँ १
२. तिलक महत – नवलपुर २
३. हरिकृष्ण श्रेष्ठ – म्याग्दी
लुम्बिनी प्रदेश
१. छविलाल विश्वकर्मा – रुपन्देही १
२. विष्णु पौडेल – रुपन्देही २
३. खिमलाल भट्टराई – रुपन्देही ५
४. ठाकुर गैरे – पाल्पा २
५. प्रदीप ज्ञवाली – गुल्मी १
६. शंकर पोखरेल – दाङ २
७. टोपबहादुर रायमाझी – अर्घाखाँची
८. सूर्य थापा – प्युठान
कर्णाली प्रदेश
१. नागिन्द्र शाही – कालीकोट
सुदूरपश्चिम प्रदेश
१. लेखराज भट्ट – कैलाली ४
२. नारदमुनि राना – कैलाली ५
३. डा.भीम रावल – अछाम १
४. यज्ञ बोगटी – अछाम २
५. दामोदर भण्डारी – बैतडी
६. गणेशसिंह ठगुन्ना – दार्चुला
७. पठानसिंह बोहोरा – डडेलधुरा