
काठमाडौं । हरेक प्रेममा भावनाको मोल उच्च हुन्छ । तर कहिलेकाहीँ प्रेममा एकअर्कालाई बुझ्न सकिएन भने विछोड पनि हुनछ । कतिपय अवस्थामा पुरुष पार्टनरले महिलाको भावना कस्तो हुन्छ भनेर नजान्नाले पनि प्रेममा दरार आउने गर्दछ ।
त्यसले कुनै पुरुष प्रेममा छन् भने यी कुरा जानेमा प्रेमिका मख्खै पर्छिन् र उनीसँगको सम्बन्ध अझै सुमधुर हुनसक्छ ।
– हरेक प्रेमिका आफ्नो प्रेमीले आफूलाई स्वतन्त्र छाडुन्, कुनै करकाप वा बन्धनमा नराखुन् भन्ने चाहन्छन् । उनीहरू प्रेमी उदार हुन् भन्ने सोच्छन् । तसर्थ प्रेमिकालाई शङ्का गर्ने, बारम्बार गाली गर्ने वा कुनै कुरामा बन्देज र प्रतिबन्ध नलगाउनुहोस् ।
– कहिल्यै पनि आफ्नो प्रेमिकालाई अन्य महिला वा पूर्व प्रेमिकासँग तुलना नगर्नुहोस् । यसरी तुलना गर्नाले उनीहरू तपाईको नजरमा आफ्नो स्थान कम वा अरुको बढी छ भन्ने ठान्दछन् । तसर्थ कहिल्यै पनि प्रेमिकालाई कोही कसैसँग तुलना नगर्नुहोस् ।
– हुनत प्रेम भावनामा निर्भर हुन्छ । तर कतिपय अवस्थामा यसलाई देखिने गरी प्रकट गनपर्दछ । तसर्थ हरेक महिला आफ्नो प्रेमीले आफुहरूबीचको प्रेम प्रकट गरुन् वा देखाउन् भन्ने चाहन्छन् । जसले उनीहरू आफ्नो पुरुषका लागि महत्वपुर्ण छु भन्ने ठान्दछन् ।
– हरेक महिला आफ्नो प्रेमीले सघाउन् वा साथ दिउन् भन्ने चाहन्छन् । कार्यालयको काम, शैक्षिक विषय वा घरायशी विषयमा पनि प्रेमीको साथ होस् भन्ने उनीहरूको चाहना हुन्छ । यस्तोमा सघाउने वा साथ दिनाले प्रेमिका तपाईप्रति निकै सकारात्मक बन्ने गर्छिन् ।
– के तपाईले आफ्नो प्रेमिकालाई कहिल्यै सरप्राइज दिनुभएको छ रु सरप्राइज दिन कुनै महङ्गो वस्तु वा उपलब्धि चाहिँदैन । मात्र फरक र विशेष ढङ्गले उपहार, कुनै निर्णय वा उपलब्धि सुनाएमा पनि यसले उनलाई सरप्राइज दिन सक्छ ।
– सबै मानिसको आफ्नोबारे अरुले राम्रो भनिदिउन् भन्ने चाहना हुन्छ । अझ महिलामा यो चाहना बढी हुन्छ । यस्तोमा प्रेमिकोको बखान गर्नुहोला । यसले सम्बन्ध सुमधुर बनाउँछ ।
– अधिकांश महिलालाई साना कुराले पनि निकै प्रभाव पार्दछ । उनीहरू प्रेमीले प्रस्ताव गरेको, पहिलोपटक भेटेकोलगायत अन्य दिन सम्झिउन् भन्ने चाहन्छन् । तर पुरुष भने यस्ता मिति खासै ख्याल राख्दैनन् । जसले कहिलेकाहीँ प्रेमिकाको मन खिन्न बनाउन सक्छ । त्यसैले यस्ता मिति वा दिनहरू सम्झन पनि जरुरी हुन्छ । एजेन्सी