काठमाडौं । नेपालमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । कतिपय देशमा १८ वर्षमै विवाह गर्न पाइन्छ । १८ वर्षमुनि विवाह गर्नुलाई उपयुक्त मानिँदैन ।

विवाहदेखि मताधिकार उपयोग गर्नेसम्मका लागि १८ वर्षे उमेर पर्खिनैपर्छ तर अमेरिकामा प्रेमीप्रेमिकाले १६ वर्षकै उमेरमा विवाहको टीकाटालो गरेको घटना उतिबेला चर्चामा छ ।

अमेरिकाका व्यवसायी १६ वर्षीया एवा युर्जेन्सले प्रेमी बेन ओटोसँग टीकाटालो गरेकी हुन् । दुवै १ वर्षदेखि प्रेम सम्बन्धमा थिए । अब १ वर्षपछि दुवैले विवाह गर्ने तयारी गरेका छन् ।

कम उमेरमै विवाहको तयारी गरिएपछि कतिपयले प्रश्न उठाएका छन् तर प्रेमिका एवाले आपसी समझदारीमा विवाहको तयारी गरिएको बताएकी छन् ।

१५ वर्षको सानो उमेरदेखि नै एवा र बेनले व्यापार गरिरहेका छन् । एवाले भनिन्, ‘बेन मेरो साथी र प्रेमी मात्रै होइन, व्यावसायिक साझेदार पनि हो । हामी स्कूले जीवनदेखि नै लाखौं कमाइ गरिरहेका छौं, सम्पत्ति जोडिरहेका छौं ।’

आफूहरू विवाहका लागि तयार भइसकेको बताउँदै एवाले उमेर एउटा अंक मात्रै रहेको तर्क गरेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!