काठमाडौं । डेंगी संक्रमितको संख्या १२ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार बुधबारसम्म १२ हजार २१७ जानमा डेंगीको संक्रमण देखिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगीका कारण ११ जनाको मृत्यु भएको छ । अहिलेसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा तीनहजार ८०३ जना संक्रमित भेटिएका छन् । त्यस्तै, काठमाडौंमा दुई हजार ८०८ र भक्तपुरमा ४८० जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकाबाहि मकवानपुरमा एक हजार ३३१ तथा रूपन्देहीमा ६३० जनामा संक्रमण देखिएको छ । यीसँगै, धादिङ, दाङ, तेह्रथुम, काभ्रे र चितवनमा संक्रमितको संख्या बढ्दो क्रममा रहेको महाशाखाको तथ्यांक छ । महाशाखाका अनुसार यो वर्ष ७७ वटै जिल्लामा संक्रमित देखिएका छन् ।

डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो वासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरूको सुझाव छ ।

त्यस्तै, डेंगी निको हुने विश्वासमा मेवाको पातलगायतका घरेलु औषधिहरू प्रयोग नगर्न तथा दुखाइ कम गर्ने औषधिले आन्तरिक र भित्री अंगमा रक्तश्राव गराउने हुँदा पेनकिलरको प्रयोग नगर्न पनि चिकित्सकहरूले सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!