
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई दम्पति गृह जिल्लामा रहेका टन् । सामाजिक सञ्जालमा सक्रिय रहने बाबुराम दम्पत्तिले गोरखामा रहेका कार्यकर्तादेखि स्थानीयसँगको घेटघाटमा व्यस्त छन् ।
उनकी पत्नी तथा पार्टीकै नेत्री हिसिला यमी अहिले गृहजिल्लाका स्थानीयको धान र कोदोबाली भित्र्याउन पनि सघाइरहेको छ । शुक्रबार बाबुरामले आफूले धान झाँट्दै गरेको र हिसिलाले कोदो केलाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
‘बुढा धान झाँट्दै, बुढी कोदो केलाउँदै,’ बाबुरामले लेखेका छन् ।