
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्न पाउने भएका छन् । शुक्रबार निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै ८८ लाख ४७ हजार ५७९ महिला र ९१ लाख ४० हजार ८०६ जना पुरुषले मतदान गर्न पाउने भएका हुन् ।
आयोगका अनुसार सबैभन्दा बढी मतदता मोरङमा रहेका छन्। मोरङमा ७ लाख ३५ हजार ५२५ मतदाता रहेका छन्। त्यसपछि झापामा ६ लाख ६३ हजार ३३१ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ मतदाता रहेका छन्।
त्यस्तै सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङमा ६ हजार ७७९ मतदाता रहेका छन् भने मुस्ताङमा १० हजार ९५७ र डोल्पामा २२ ह जार ७७४ मतदाता रहेका छन्।
त्यस्तै आयोगले १० हजार ८९१ मतदानस्थलअन्तर्गत २२ हजार २२६ मतदान केन्द्र रहनेगरी मतदान केन्द्र स्वीकृत गरेको हो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदता नामावलीङ्गा प्रकाशित मतादातको विवरणलाई सही र त्रुटिरहित बनाउने प्रयास गरिएको बताए। अन्तिम नामावली निर्वाचन आयोगको वेवसाइटमा उपलब्ध गराइएको उनले बताए।