काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज अस्पतालमै रहने भएका छन् । शनिबार ब्लडप्रेसर बढेर भर्ना भएका दाहाल मेडिसिटी अस्पतालमै रहने भएका हुन् ।

प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार स्वास्थ्य अवस्था सामान्य रहेपनि उनलाई आरामको जरुरी रहेकाले चिकित्सकको निगरानीमा एक दिन अस्पतालमै राखिने भएको हो। ‘ब्लडप्रेसर कन्ट्रोलमा आएको छ, तर आज एक दिन अस्पतालमै राख्ने निधो भएको छ,’ उनले भनिन्।

शुक्रबारदेखि दाहाललाई ब्लडप्रेसर बढिरहेको थियो। उनले शनिबार करेलाको झोल खाएका थिए। तर, रक्तचाप सन्तुलनमा नआएपछि दाहाललाई मेडिसिटी अस्पताल लगिएको थियो।

‘करेलाको झोल खाएपछि बमिट गर्नुभएको थियो,’ दाहालले भनिन्, ‘आज एक दिन आराम गर्न भनेर अस्पतालमै राखेका हौं।’ केही दिनअघि दाहाल डोल्पा भ्रमणमा गएका थिए। त्यहाँबाट फर्केपछि उनको रक्तचाप असन्तुलन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!